STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राससकर्मी प्रधानको निधन

Janjati Khabar – जनजाति खबर | २०७६ पौष १७, बिहिबार

राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित भई घरमै थलिनुभएका ५२ वर्षीय राससकर्मी प्रधानको आज बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो । सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित इटहरीका पत्रकार प्रधान प्रेस स्वतन्त्रता सेनानीसमेत हुनुहुन्थ्यो । सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उहाँ नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत हुनुहुन्थ्यो । प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताउनुभयो । प्रेस युनियनमा समेत आबद्ध प्रधानले लामो समयदेखि घरमै उपचार गराइरहनुभएको थियो । उहाँको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पत्रकार महासङ्घ सुनसरी शाखाले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको अध्यक्ष खड्काले बताउनुभयो । महासङ्घका अनुसार आज बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उहाँको दाहसंस्कार गरिने छ । प्रधानका एक छोरी र श्रीमती हुनुहुन्छ ।
Categorized in अपराध-दुर्घटना