STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अग्रज अभिनेता सरोज खनाल पनि चलचित्र निर्देशनमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २३, सोमबार

अग्रज अभिनेताका रुपमा ख्याति कमाएका सरोज खनालले अब चलचित्र ‘बगान’बाट  निर्देशनमा डेब्यू गरेका छन् । यसभन्दा अघि नाट्यकर्मी सुनिल पोखरेल द्वारा अभिनित लघुचलचित्र  "बिहानीमै अस्ताएको सुर्य" को निर्देशन गरिसकेका सरोज खनालले निर्देशन गर्ने नयाँ चलचित्र‘बगान’को  आइतवार काठमाडौंको चाबहिलस्थित विकास बोर्डको हलमा सिनेमाको औपचारिक निर्माण घोषणा गर्दै त्यस चलचित्रको ‘इन्ट्रो टिजर’ र गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको छ । सो चलचित्रमा सरोज खनाल  र करिश्मा मानन्धर, आकाश श्रेष्ठ, डेव्यु अभिनेत्री प्रमिला कार्की लगायत नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्माको अभिनय रहने बताइएको छ ।

सो कार्यक्रममा सार्वजनिक गरिएको ‘तिम्रो सुन्दर आँखा बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना तथा सुभाष भुषालको संगीत, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । प्रणय गीतको सो भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रमिला कार्कीले अभिनय गरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको  सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए ।

चलचित्रमा नेवाली चलचित्र जगतका अग्रज छाँयाकारका रुपमा ख्यातिप्राप्त  गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती स्वरुप निर्माण भएको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर रहेका छन् । यो चलचित्र नेपालमा भन्दा अघि नेपालीको बसोबास रहने विदेशका विभिन्न देशहरुमा  प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

Categorized in सिनेमा