STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्डले प्रदान गर्याे आर्थिक राहत

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ११, शुक्रबार

अस्वस्थ रहनुभएका तथा उपचार/स्वास्थ्यसम्बन्धी कठिनाइ सामना गरिरहनुभएका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत  हस्तान्तरण गरिएको छ। 

नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पुर्‍याउनुभएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित आज निम्न चलचित्रकर्मी तथा परिवारलाई सहयोग रकम प्रदान गरिएको हो।

सहयोग प्राप्त चलचित्रकर्मीहरूः

रोमा बिष्ट — कलाकार

क्षितिजा शाक्य — कलाकार

फडेन्द्र बहादुर विश्वकर्मा — द्वन्द्व कलाकार

पासाङ तेम्बा शेर्पा — कला  निर्देशक

शान्तिप्रसाद उपाध्याय( शान्तिप्रिय ) — चलचित्र पत्रकार

प्रवीण थापा — निर्माता र

स्व. अशोक रोक्का — वरिष्ठ श्रृंगारकर्मी

हस्तान्तरणमा चलचित्र विकास बोर्डका अध्यक्ष  दिनेश डी.सी., चलचित्रकर्मी कल्याण कोषका संयोजक  बसुन्धरा भुसाल, तथा कोषका सदस्यहरू  मोहन निरौला,  नारायण प्रधान,  जनकदीप पराजुली र  पुष्कर लामाको उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध रहेको कुरा विकास बाेर्ड सुत्रले जनाएको  छ।

Categorized in सिनेमा