STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अजयमेरु गाउँपालिकामा अध्यक्ष रोजगार कार्यक्रम लागू हुने

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार

डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’ लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत ‘अध्यक्ष रोजगार कार्यक्रम’ लागू गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । सामुदायिक विद्यालयमा जनप्रतिनिधि, कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षकका सन्ततिलाई भर्ना गर्न उत्प्रेरित गरिने तथा कृषि पेशामा आकर्षित गर्न र कृषकको मनोबल उच्च राख्न ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम शुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै शिक्षामा सबै बालबालिकाको सहज पहुँच पु¥याउने तथा प्राविधिक, व्यावसायिक र अङ्गे्रजी माध्यमको पढाइ सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । यसैगरी ‘सुखी र समृद्ध अजयमेरुकोे आधार कृषि, पर्यटन, शिक्षा र व्यवस्थित पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर यो पेशालाई व्यावसायिक र सम्मानित पेशाका रुपमा विकास गर्नका लागि कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उल्लेख छ । यसैगरी नीति तथा कार्यक्रममा भूगोल सापेक्ष, वातावरण तथा जलवायु अनुकूलित बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तयार गर्ने उल्लेख छ । गाउँपालिकाको प्रमुख सम्भावनाका रुपमा रहेको भटमास उत्पादनलाई बढाउन तथा जनताको प्रमुख बालीका रुपमा विकास गराउन बीउमा अनुदान कार्यक्रम दिइने नीति गाउँपालिकाले लिएको अध्यक्ष भट्टले बताउनुभयो । त्यस्तै कृषक तालीम, कृषि मेला प्रदर्शनी, उन्नत र परम्परागत बीउ वितरण, साना सिँचाइ तथा प्लाष्टिक पोखरी, भकारो सुधार, तरकारी नर्सरी, स्थानीय कुखुरा, च्याउ उत्पादन, फलफूल कलमीमार्फत उन्नत बिरुवा उत्पादन, घाँसखेती प्रवद्र्धन, सहकारी र समूहमार्फत बाख्रा तथा कुखुरापालन व्यवसाय, निजी कृषि तथा पशुपालन फर्म विकास, कृषक उद्यमशीलता कार्यक्रम सञ्चलन नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरी उद्योग स्थापना गर्न साना तथा मझौला उद्योग सञ्चालन गर्ने चाहने आन्तरिक तथा बाह्य लगानीकर्तालाई दर्ता शुुल्क तथा तीन वर्षसम्मको कर निःशुल्क गरिने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय