STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अतिक्रमण गरी बनाइएका टहरा भत्काइए

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले  विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए । 
अतिक्रमण गरी निर्माण गरिएका घरटहरा  अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले  पटक पटकको आग्रहलाई नटेरेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । सो कार्यालयले वनको क्षेत्र वरिपरि अतिक्रमण गरेका चार किल्लाभित्रका घरटहरा चलाउनेलाई हटाउन दश दिनको सूचना प्रकाशन गरेको थियो ।  दश दिन बितिसक्दा पनि अटेर गरी बसेकाले आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा अवैध टहरा डोजर लगाई भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार आज टहरा मात्र भत्काइएको छ ।  बाँकी पक्की घरको केही व्यक्तिका लालपुर्जा भएका र केहीका नभएकाहरुलाई उच्च अदालतले हाल भत्काउन रोक्नू भन्ने आदेश दिएकाले ती घर १५ दिनका लागि भत्काउन रोकिएको डिभिजन वन कार्यालय नुवाकोटका निमित्त अधिकृत राजकुमार यादवले बताउनुभयो । यादवले पहिला नै ती अवैध टहरा र घरबारे फैसला भइसकेको तर फेरि श्रीमतीका नाममा अदालतमा मुद्दा हाली झुक्काउन खोजेको बताउनुभयो । 
वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकाले अतिक्रमित कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा ९क०  विपरीतको कार्य भएकाले  वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना सरकारी नाममा फिर्ता हुने डिभिजन कार्यालय नुवाकोटले स्पष्ट गरेको छ । 
Categorized in राष्ट्रिय