STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे । समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ । कार्यक्रममा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका थिए । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित ‘मेरो सम्झना’मा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गर्नुभयो । काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, डा जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल, गङ्गा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणि दाहाल, राजेन्द्रप्रसाद ढुङ्गाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रवीन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रवीन्द्र ढुङ्गेल, टेकबहादुर लौडारी, समाजका केन्द्रीय सदस्य सरस्वती ढकाल, संस्थापक सभापति पहाडीसहित ३८ कविहरुले कवितावाचन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय