STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अदालतबाट हतकडीसहित थुनुवा फरार

Janjati Khabar – Janjati Khabar | २०८० पौष १८, बुधबार

काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्।

डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए।

उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो।

Categorized in अपराध-दुर्घटना