अदालत हाजिर हुन भैरहवा पुगे रवि लामिछाने
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ९, बुधबार
काठमाडौं - बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्।
आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौंबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्।
लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको थियो।
Categorized in राष्ट्रिय

