STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यक्ष दाहालद्वारा इदको शुभकामना

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा बकर इद का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भनी कामना गर्नुभएको छ । विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिभित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय रहेको बताउनुभयो । पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती औँल्याउँदै उहाँले समाजवादको आधार तयार गर्ने दिशाअनुरुप आफूलाई परिस्कृत गर्न सम्पूर्ण देशवासीमा आह्वान गर्नुभएको छ ।
Categorized in राष्ट्रिय