STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्ययन तथा भम्रणमा जाने नेपालीलाई कडाई

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

पढ्न तथा विदेश भ्रमणमा जादा नेपालको ठुलो रकम विदेशमा गइरहेको भन्दै नेपाल राष्ट्र बैंकले यसलाइ अब कडाइ गर्नुपर्छ भनेका छन् । बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकले यस्तो व्यवस्था गर्न लागिएको उल्लेख गरेको छ । अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछु मौद्रिक नीतिमा उल्लेख गरिएको छ। नागरिकलाई अध्ययन गर्न कति खर्च लाग्ने तथा कहाँ भ्रमणमा जान कति खर्च दिने भन्ने राज्यको प्राथमिकता भएकोले त्यही नियम अनुसार व्यवस्था गर्ने राष्ट्र बैकका प्रवक्ता लक्ष्मी निरौलाले जानकारी दिनुभयो छ । देशको अवस्था हेरी, देशको आवश्यकता अनुसार विदेश पढ्न पठाउन सरकारले व्यवस्था गर्न लागेको हो, भन्दै निरौलाले जानकारी दिनुभयो । देशको सबैभन्दा ठुलो रकम विदेश अध्ययनमा खर्च भइरहेको छ । यसले नेपाल रकम ठुलो मात्रामा विदेशमा गइरहेको बताउनु भयो । राष्ट्र बैकंले निकालेको ११ महिनाको तथ्याङकमा नेपालीहरु विदेश भ्रमण तथा अध्ययन मा जादाँ मात्र ८० अर्ब भन्दा बढी रकम बाहिर गइसकेको छ । यी मध्ये सबैभन्दा बढी अध्ययनमा खर्च भएको छ । त्यस्तै पछिल्लो समय भ्रमणका नाममा पिन वर्षेनी खर्च बढ्दै गएको छ। एकातिर देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै जाने अर्कोतिर भ्रमणकै नाममा वर्षेनी ठूलो धनराशी बाहिरिएपछि राष्ट्रबैंकले कडाइ गर्ने नीति लिएको हो। व्यक्तीगतरुपमा विदेश भ्रमणमा जाँदा लिन पाइने डलर सुविधा अघिल्लो वर्ष नै २५ सय बाट १५ सयमा झारेको बैंकले त्यसलाई अझै कडाइ गर्ने संकेत गरेको छ। यसैगरी विदेशिने नेपालीले लिन पाउने डलरको सिमा घटाइदिने राष्ट्र बैंकको संकेत छ। राष्ट्र बैंकले यसरी बढीरहेको खर्च नियमन गर्न कार्यविधि वा सर्कुल जारी गर्ने तयारी गरेको छ।
Categorized in राष्ट्रिय