STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनुष्का र विराटलाई पुत्री लाभ

Janjati Khabar – एजेन्सी | २०७७ पौष २८, मंगलबार

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली एक छोरीका माता–पिता बनेका छन् ।

अनुष्काले सोमबार बेलुका छोरीलाई जन्म दिएपछि उनीहरुको छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विराटका भाइ विकास कोहलीले आफ्नी भतिजीलाई स्वागत गर्दै उनको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन् ।

उनले इन्स्टाग्राममा ब्लाङ्केटबाट निस्किएका साना–साना खुट्टाहरुको फोटो राख्दै लेखेका छन्, ‘‘अत्यन्त हर्षित, घरमा परीको प्रवेश ।”

अनुष्काको डेलिभरीपछि नै विराटले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै खुसीको खबर प्रशंसकसामु सेयर गरेका हुन् । जसमा उनले उनीहरुको प्राइभेसीलाई सम्मान गरिदिने छन् भन्ने अपेक्षा पनि राखेको उल्लेख गरेका हुन् ।

Categorized in सिनेमा