STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनुसन्धाता डा. साफल्य अमात्य रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १, शनिबार

वरिष्ठ अनुसन्धाता एवं सम्पदाविद् डा. साफल्य अमात्यको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

उहाँको इतिहास एवं सम्पदा विषय समेटिएको अनुसन्धानात्मक पुस्तक ‘वागमती सभ्यता’ प्रकाशित भइसकेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएपछि उहाँको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

बिहीबार उहाँको निधन भएको थियो ।

दिवंगत अमात्य विसं १९९९ सालमा ओमबहालमा जन्मिएका थिए । पुरातत्व विभागका पूर्वमहानिर्देशक रहिसकेका अमात्यको सांस्कृतिक संरक्षण र नेपालको कला सम्बन्धी विषयमा ‘मोनुमेन्टस् कन्जरभेसन इन नेपाल’, ‘आर्ट एण्ड कल्चर अफ नेपाल’, ‘आर्कियोलोजिकल एन्ड कल्चरल हेरिटेज अफ काठमाडौं भ्याली’लगायत धेरै अनुसन्धानात्मक पुस्तकहरु प्रकाशित छन् ।

यीबाहेक उनका मजिपाः लाखे, मरुसत्तल, बुंगद्यः, टोखा संस्कृतिसँग सम्बन्धित कार्यपत्रहरु छन् ।

Categorized in व्यक्तित्व