STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्नपूर्ण गाउँपालिकामा चक्रपथ निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई वटा वडालाई समेटेर चक्रपथको ट्याक मार्ग निर्माण भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा न। ५ र ६ नम्बर वडाका बस्तीहरुलाई समेटेर चक्रपथ बनाइएको हो । पाउद्धार–किन्दु सडकको ट्याक खुलेपछि साविक शिख र घार गाविसका बस्तीहरु चक्रपथमा समेटिएका हुन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको २२ लाख रुपैयाँ बजेटबाट पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरमा सडक निर्माणसंगै चक्रपथको ट्याक खुलेको हो । पूर्वाधार विकास कार्यालय मार्फत शिखको स्वाँतामा मोटरेबल पुल निर्माणाधिन अवस्थामा रहेको छ । पोखरेबगर र नेपानेको सिमाना स्थित घारखोलामा अर्को मोटरेबल पुल बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । ‘सडकलाई विस्तार, मोड र ग्रेड सुधार गरेर बाह् ैमहिना नियमित सवारी साधन सञ्चालन गर्ने बनाउन थप बजेट व्यवस्थापन गर्छौ,’ अध्यक्ष पुनले भन्नुभयो । पाउद्धारका बासिन्दाको पहलमा तीन वर्षअघि पोखरेबगरदेखि पाउद्धार जोड्ने नौ किलोमिटर सडक निर्माण भएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पोखरेबगरदेखि घार खिवाङ शिख हुदै चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नति सुरु गरेको छ । घारखोलाको दायाँ र बायाँका बस्तीमा निर्माण भएका सडक शिख र पोखरेबगरमा जोडिन्छन् । गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँबाट पाउद्धार हुदै सेते प्लेटको भिरसम्म सडक पुर्‍याइएको थियो । यस वर्ष चट्टानी भिरमा ७५० मिटर सडक निर्माण भएको छ । अन्नपूर्ण–५ का वडा सदस्य राजेश तिलीजाका अनुसार पाउद्धारदेखि किन्दु जोड्ने सडकको दुरी पाँच किलोमिटर छ । शिख देखि स्वाँत हुदै किन्दु जोड्ने सडकको गत कात्तिकमा ट्याक खोलेर उद्घाटन गरिएको थियो ।
Categorized in राष्ट्रिय