STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपडेट : सिन्धुपाल्चाेक पहिराेमा ३८ बेपत्ता, ३५ घरमा क्षति

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

सिन्धुपाल्चोक – जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् । बेपत्ता हुनेको सूची (गाउँपालिका अध्यक्षका अनुसार) १.छविलाल दोङ २.सोमरानी दोङ ३.धनलक्ष्मी ४.शिरमाया दोङ ५.विवरानी दोङ ६.साहिँली दोङ ७.बिबी लक्ष्मी ८.सानुकान्छा ९.साङलामो दोङ १०सोनाम दोङ ११.हिरा भक्ति १२.जीते झाँक्री १३.सानुकान्छी दोङ(गर्भवती) १४.दिन्दुस दोङ १५.सुरज दोङ १६.करेसमाई दोङ १७.च्यामा दोङ १८सानु दोङ १९.टीकामाई दोङ २०.छिरिङ दोङ २१.मानबहादुर दोङ २२.जयबहादुर दोङ २३.प्रिया दोङ २४.प्रीति दोङ २५.कान्छी दोङ २६.सानुकान्छी दोङ २७.वाङ्ची लामा दोङ २८.धनमाया तामाङ दोङ २९.रेनिस दोङ ३०.मेकमाई दोङ ३१.मिलन दोङ ३२.विमला दोङ ३३.माइला पराङ ३४.प्रकाश दोङ ३५.साइली दोङ ३६.आयुश दोङ ३७.सुवास तामाङ ३८.टीकामाई दोङ
Categorized in अपराध-दुर्घटना