STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपडेट : १५ किलो धातुमध्ये आधा किलोमात्र सुन, बाँकी चाँदी

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

काठमाडौं - कमलादीबाट बरामद गरेको १५ किलो सुन भनिएकाेमा आधा किलोमात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ । मंगलबार विहान प्रहरीले काठमाडौंको कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडी पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो । ती धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएकाे छ । उक्त धातुसहितको झोलामा दुईवटा पेस्तोल पनि भेटिएको थियो । तर गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको छ ।
Categorized in अपराध-दुर्घटना