अपहरण हल्ला मात्र : यादव
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ११, बिहिबार
काठमाडौं– आफू अपहरणमा परेको हल्ला गलत भएको र आफू कुनै अपहरणमा नपरको समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्पष्टिकरण दिएका छन् ।
काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेट्न जनकपुरबाट आएका र आउँदा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी गराएको यादवले बताएका छन् ।
यादव अपहरण भएको कुरा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत् लेखेका थिए ।
मोबाइल गाडीमै छुटेको कारण अरुसँग सम्पर्क गर्न नसकेको जनाउँदै अपहरणको कुरा यादवले नकारे । उनले समाजवादी पार्टी र राजपा नेपालबीचको एकताले आफू खुशी रहेको पनि जनाएका छन् ।
Categorized in राजनीति