STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानको फराहमा भिडन्त

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् । सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले सैनिक कारबाही जारी रहने स्पष्ट गर्नुभयो । हिंसाबाट प्रताडित फराह प्रान्तमा तुलनात्मक रुपमा तालिबानी लडाकूको प्रभाव धेरै छ । उक्त घटनाका बारेमा तालिबानीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय