STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २७, बिहिबार

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थीमन्त्रीको मृत्यु भएको छ। तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर-रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो।

तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको छ।

विस्फोटको जिम्मेवारी हालसम्म भने कसैले लिएको छैन। अफगानिस्तानको शरणार्थी संकटलाई सम्हालिरहेका हक्कानी वर्तमान आन्तरिकमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन्।

सन् २०२१ मा अफगानिस्तानबाट विदेशी सेना फिर्ता भएपछि हक्कानी तालिवानको अन्तरिम सरकारमा मन्त्री बनेका थिए।

अमेरिकी विदेश मन्त्रालयले भने उनी तालिबानको दुई दशक लामो सशस्त्र अभियानका क्रममा धेरै हिंस्रक आक्रमणहरूका जिम्मेवार शक्तिशाली हक्कानी नेटवर्कका वरिष्ठ नेता भएको जनाएको छ।

Categorized in अन्तर्राष्ट्रिय