STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब नयाँ सरकार बनाउनेछु : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ८, बुधबार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले सरकार बनाउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पनि त्यसलाई पुर्नस्थापित गरेर सरकार बनाउने उनले दाबी गरेका हुन ।

नेश्वरमा बुधबार दिउँसो बसेको प्रचण्ड नेपाल समूहको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएपछि प्रचण्डले सरकार बनाउने प्रतिवद्धता जनाएका हुन । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए ।

प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा बुझायो निर्णयहरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो । नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो । बुधबार बसेको प्रचण्ड–माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।

Categorized in राजनीति