STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब नेपाल टेलिकमको इन्टरनेट प्रतिएमबी ५ पैसामै

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

काठमाडौं– प्रतिएमबी करिब ५ पैसामै इन्टरनेट चलाउन सकिने गरी नेपाल टेलिकमले लार्ज डाटा प्याकको योजना ल्याएको छ । यो प्याक एकपटक सब्स्क्राइब गरेपछि लामो समयसम्म र तुलनात्मक रुपमा निकै सस्तोमा डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम करसहितका हुने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले जनाएअनुसार लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट 1415# डायल गरेर विन्टर अफरअन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नुपर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ । आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिने टेलिकमले जनाएको छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
Categorized in राष्ट्रिय