अब वाम तालमेल गरौँ : नारायणकाजी श्रेष्ठ
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३२, शनिबार
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उनको तर्क छ ।
नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।
नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले तत्काल पार्टी एकताका लागि आधार नबने पनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने बताए । उनले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।
Categorized in राजनीति

