STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउन काठमाडौँ महानगरपालिकाको अपील

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ४, शनिबार

कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गराउन काठमाडौँ महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ ।  त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ  भने त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा सावुन–पानीले राम्रोसँग हात धुने सेनेटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट  विगतमा जारी गरिएको मापदण्ड कडाईका साथ पालना गर्न काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ र  सो विज्ञप्तिमा  अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउन हुन समेत अनुरोध गरिएको छ ।

Categorized in शिक्षा