STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकामा जलवायु परिवर्तनका कारण माछा असुरक्षित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । अमेरिकी वैज्ञानिकले भनेका छन् हरेक पाँचमाछामध्ये एकभन्दा बढी माछाको जलवायु परिवर्तनका कारण बढेको तापक्रमका कारण मृत्यु हुने गरेको छ । सन् २००४ देखि सन् २०१४ सम्म गरिएको अध्ययनमा पानीको सतहमा तापक्रमको वृद्धिका कारण औसतमा २० प्रतिशत माछाहरू मर्ने गरेका ‘नेचर क्लाइमेट चेन्ज जोर्नलमा’ प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । पोर्टल्याण्डस्थित रीड कलेज, अरेगन र क्यालिफोर्निया विश्वविद्यालयका यूसी डेविसले तालको माछामा जलवायु परिवर्तनको प्रभावका कारण बढेको तापक्रमका कारण माछाको मृत्यु भएको पाइएको जनाउनुभयो । उहाँले तालमा मरेका ५०४ माछाको अध्ययन र मूल्याङ्कनपछि माछाको मृत्युको कारण तापक्रम वृद्धि रहेको बताउनुभएको छ । उत्तरी क्षेत्रमा रहेका तालको पारिस्थतिकतन्त्रमा तापक्रमको वृद्धिको मुख्य कारण जलवायु प्रदुषण मानिएको उहाँको भनाई छ । उहाँले खासगरी खोला र नदीको तुलनामा तालका माछा जलवायु परिवर्तनका कारण बढेको तापक्रमका कारण मर्ने गरेका भेटिएको बताउनुभयो ।
Categorized in अन्तर्राष्ट्रिय