STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी फिल्म बन्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ८, सोमबार

हास्य अभिनयकाे लागि ख्यातिप्राप्त  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म बन्ने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको हो। उक्त फिल्मको शीर्षक ‘मदनकृष्ण’राखिएको छ। 

निर्देशक मिलन चाम्सले फिल्मलाई निर्देशन गर्नेछन्।  निर्देशक चाम्सले यसभन्दा अघि बेलायत निवासी कविता गुरुङको बायाेपिक " बबी" फुटबल खेलाडी अन्जिला तुम्बापाेकाे बायाेपिक " अन्जिला " फिल्म बनाइसकेका छन् । याे  फिल्ममा अभिनेता महेश त्रिपाठी मदनकृष्णको भूमिकामा देखिने भएका छन्। यस्तै, अभिनेत्री केकी अधिकारीको पनि मुख्य भूमिका रहनेछ। उनी मदनकृष्णकी श्रीमती यसोदाको भूमिकामा देखिने छिन् । 

साथै फिल्ममा हरिवंश आचार्य, देशभक्त खनाल, किरण केसी, राजाराम पौडेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय हुनेछ। 

निर्माता राजकुमार श्रेष्ठ रहेको फिल्ममा कथा तथा पटकथा यम थापाको रहेनेछ। चलचित्रको छायांकन भदौ महिनादेखि सुरु गरिने बताइएको छ।

नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि अतुलनीय योगदान पुर्‍याउँदै आएका मदनकृष्ण श्रेष्ठको जीवनयात्रामा आधारित चलचित्र भएकाले विशेष चासोका साथ हेरिएको छ। 

Categorized in सिनेमा