STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत

Janjati Khabar – एजेन्सी | २०७७ पौष २८, मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ।

डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।

डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।

उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्। एक राष्ट्रपतिमाथि दुई पटकसम्म महाभियोग लागेको अमेरिकी इतिहासमै यो पहिलो घटना हो ।

गत साता ट्रम्पको उक्साहटबाट उनका समर्थकहरुले क्यापिटल हिलमा छिरेर हिंसात्मक गतिविधि गरेपछि सोही घटनाको आधारमा महाभियोग लगाइएको हो । डेमोक्रयाटिकका सांसदहरुले यसअघि नै ट्रम्पले राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने चेतावनी दिए पनि ट्रम्पले भने आफ्ना समर्थकहरुमाझ नियमित रुपमा उत्तेजित र विवादित अभिव्यक्ति दिँदैआएका थिए ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी २० मा औपचारिक रुपमा सत्ताको जिम्मेवारी ग्रहण गर्नेछन् । तर ट्रम्पले उक्त उद्घाटन सभामा आफू उपस्थित नहुने प्रतिक्रिया दिएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय