STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न समिति गठन

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

काठमाडौं - प्रतिनिधि सभाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरी करका दर हेरफेर गरेको विषयलाई लिएर ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरेको बताएका हुन् ।

उनले २०७९ जेठ १५ गते माननीय अर्थमन्त्रीद्वारा टेबुल भएको आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक २०७९ मा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारका माध्यमहरुमा प्रकाशन भएको सांसदहरुले समेत यसको सम्बन्धमा सदनमा कुरा उठाएकोले सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको बताए ।

उनले ११ सदस्यीय छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला वि.क., लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

समितिको कार्यविधि प्रचलति कानूनको अधिनमा रही समिति आफैँले सभापतिको चैन एवं आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्ने व्यवस्था रहेको सभामुख सापकोटाले बताए । समितिको कार्यावधि, कार्य प्रारम्भ गरेको मितिले १० दिनसम्मको लागि हुनेपनि सभामुख सापकोटाले बताए । सभामुख सापकोटाले छानबिन समिति गठन सम्बन्धित प्रश्ताव संसदबाट पारित भएको घोषणा गरे ।

Categorized in राजनीति