STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अलिकति लाज, घिन र नैतिकता भए ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । ‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने ।

उनले सर्वोच्चको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद र कानुनविदलाई धन्यवाद दिए।

त्यस्तै प्रचण्ड-नेपाल समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई भ्रमबाट मुक्त भएर आँखा खोल्न सुझाव दिए। प्रतिनिधिसभा विघटन गलत भएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएपछि उनले ओलीलाई अब भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् ।

अब देश उज्यालोमा फर्किएको र सत्यको जित भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताएका छन् ।

सर्वाेच्च अदालतले संसद पन: स्थापना  फैसला गरेपछि प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले यस्ताे बताएका हुन् । उनले भने, ‘सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको छ । संविधान र लोकतान्त्र रक्षा गर्न काम गरेको छ । राजनीतिक संकट गहिरिएर मुलुक अँध्यारो सुरुङमा जाने खतराबाट जोगाएको छ ।’

उनले भने, ‘अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ । उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्छ ।’

सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।

Categorized in राजनीति