STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अशान्त अमेरिकामा कर्फ्यु कडा पारिने, कडारुपमा प्रस्तुत हुने ट्रम्पको चेतावनी

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

एजेन्सी - नियन्त्रणमा लिने क्रममा अध्याधिक बल प्रयोगका कारण मारिएका अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युको विरोधमा साता दिनदेखि अमेरिका अशान्त छ। शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि त्यहाँका कयौं शहरमा कर्फ्यू लगाइएको छ। यस्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको कर्फ्यूलाई अझ कडा पारिने जनाएका छन्। योसँगै उनले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेको र सोको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। 'दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु', ट्रम्पले टेलिभिजन सम्बोधनमा भने। टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए। ह्वाइट हाउसबाट टिभीमा सम्बोधन गरेपछि आफ्ना सुरक्षाकर्मीसहित ट्रम्प नजिकैको गिर्जाघरमा गएका थिए। सो गिर्जाघरमा प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन्। यसैगरी प्रहरीले ह्वाइट हाउस बाहिरको प्रदर्शनलाई नियन्त्रणमा लिएको छ। यस्तै प्रहरी ज्यादतीमा मारिएका जर्ज फ्लोइडका परिवारले गराएको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीले भएको पाइएको छ। सो पोस्टमार्टम गरेका चिकित्सकहरूले जर्जको मृत्युको कारण 'घाँटी र कम्मरमा दबाब' भएको बताएका छन्। गत सोमबार जर्जलाई नियन्त्रणमा लिनेक्रममा मिनियापोलिसका प्रहरीले जर्जको घाँटी कयौं मिनेटसम्म घुँडाले दबाएका थिए। आधिकारिकारुपमा भने उनको मृत्युलाई हत्या भनिएको छ। यसैगरी राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई चेतावनी दिदैं प्रदर्शनकारीविरूद्ध कडा रूपमा प्रस्तुत हुन भनेका छन्। उनले दशककै सबैभन्दा खराब नस्लीय र नागरिक अशान्ति घटनामा गभर्नरहरूको प्रतिक्रिया कमजोर भएको आरोप लगाएका छन्। उनले प्रदर्शनकारीविरुद्ध गभर्नरहरू हाबी हुनुपर्ने बताएका छन्। ट्रम्पको यो बयान विवादित बनेपछि ह्वाइटहाउसका प्रवक्ताले ट्रम्पको भनाइको गलत अर्थ निकालिएको बताएका छन्। प्रवक्ता केयली म्याकनैनीले राष्ट्रपति ट्रम्पको भनाइको मतलब गभर्नरहरू नेशनल गार्डमा धेरै भर पर्नु भन्ने भएको स्पष्टिकरण दिएकी छन्। ट्रम्पले हिंसाका लागि वामपन्थी कट्टरपन्थी जिम्मेवार रहेको आरोप लगाएका छन्। तर, आलोचकहरूले भने राष्ट्रपति ट्रम्पले समाज विभाजन पैदा गरिरहेको आरोप लगाएका छन्।
Categorized in अन्तर्राष्ट्रिय