STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असोज १२ देखि हार्डवेयर प्रदर्शनी मेला

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको कैलाली हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष सुरेन्द्र राठीले जानकारी दिनुभयो । प्रदर्शनी मेलामा उत्पादक र ग्राहक एकै ठाउँमा जम्मा हुने भएकाले उत्पादकलाई ग्राहकको चाहना बुझ्न र उत्पादित सामग्रीबारे जानकारी दिन सहज हुने अध्यक्ष राठीको भनाइ छ । प्रदर्शनी मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक कम्पनीले उत्पादन गरेको सामग्रीको प्रदर्शन गरिने जनाइएको छ । धनगढीको सङ्घीय एकाइ प्रहरी कार्यालयको मैदानमा असोज १२ गतेदेखि १५ गतेसम्म चल्ने प्रदर्शनी मेलाले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजको दाबी छ । मेलामा ७५ देखि ८० वटा सम्म स्टल रहनेछन् ।
Categorized in राष्ट्रिय