STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असोज ५ देखि शतप्रतिशत क्षमतामै आन्तरिक उडान गर्ने निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन २, शुक्रबार

काठमाडौं – असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेकोछ। मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्ने निर्णय गरेसँगै शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्ल थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो। यसअघि निजी क्षेत्रको वायुसेवा छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको थियो।   निजी एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्ण पालना गरेर उडान गर्न सक्षम भए पनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने बताएका थिए। निजी कम्पनीको यही अडानपछि मन्त्रालयले शुक्रबार नयाँ निर्णय गरेको हो।
Categorized in राष्ट्रिय