STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अस्पतालको सेवा अब सफ्टवेयरमार्फत

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली एचएमआइएस जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भन्नुभयो, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।” अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी नगरपालिकाले सक्रियता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय