आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते
Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ७, शुक्रबार
तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुई दिनअघि (भदौ ५) गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिँडेका थिए।
उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो।
प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरू भारतीय हुन्।
Categorized in अपराध-दुर्घटना

