STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आइसिटी अवार्डका उत्कृष्ट ११ को घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

‘लिभिङ विद आइसिटी’ ले आयोजना गर्न लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड–२०१९’ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । अवार्डको नौ विधामध्ये तीन विधा ‘स्टार्टअप आइसिटी अवार्ड’, ‘प्रडक्ट आइसिटी अवार्ड’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड’ का उत्कृष्ट ११ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको संस्थाका कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिनुभयो । आइसिटी अवार्डअन्तर्गत विभिन्न नौ विधाका लागि १५० बढीले अनलाइन आवेदन दिएका थिए । ‘सेल्फ नोमिनेशन’बाट प्राप्त आवदेन, ‘डकुमेन्ट’ र ‘प्रोफाइल’को अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनोट गरिएको थियो । यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी, सिनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताब यात्रा प्रालि, यति बुक्स स्टोर, टायर ट्रिजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । स्टार्टअप आइसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा मापदण्डमा परेका कम्पनीलाई छनोट प्रक्रियामा समावेश गरिएको थियो । त्यसैगरी प्रडक्ट आइसिटी अवार्डका लागि कूल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा विधामा, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एम बैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् । त्यसैगरी ‘राइजिङ आइसिटी अवार्ड–२०१९’ मा कूल २० आवेदन परेका थिए । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इनोभेटिभ प्रोजेक्टहरुबीच प्रतिष्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा बचाओ एप, हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्मार्ट बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका छन् । पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, इन्टरप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०१९ को छनोट प्रक्रिया जारी रहेको संस्थाले जनाएको छ ।
Categorized in राष्ट्रिय