आगलागीबाट धनमाल जलेर नष्ट
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ३, मंगलबार
काठमाडौँ महानगरपालिका–४ चण्डौलस्थित एक घरमा आगलागी हुँदा झण्डै रु छ लाख बराबरको क्षति भएको छ ।
विद्युत् चुहिएर स्थानीय विमला अधिकारीको घरमा आज बिहान आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना