STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २२, शुक्रबार

काठमाडौं - आजदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । ‘२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभरि खोप अभियान सञ्चालन गर्ने’, विभागको परिपत्रमा भनिएको छ । असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् ।

५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झण्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम