आजबाट मापसे जाँच हुने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार
काठमाडौं - ट्राफिक प्रहरीले पुनः मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु गर्ने भएकाे छ ।
कोरोना महामारीका कारण विगत ४ महिना अघिदेखि मापसे जाँच रोकिएकाे थियाे ।
आज बुधबारबाट नियमित रुपमा मापसे जाँच हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।
सावधानी अपनाउँदै जाँच गर्ने र मेसिनको प्रयोगलाई निरुत्साहित गरिने जानकारी महाशाखाले दिएकाे छ । अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराई कारबाही गरिने महाशाखाले जनाएकाे छ ।
Categorized in राष्ट्रिय