आज प्रचण्ड–माधव समूहको जनप्रदर्शन, पाँच स्थानबाट जुलुस निकालिने
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २८, बुधबार
नेकपा प्रचण्ड–माधव समूहले बुधबार (आज) काठमाडौंमा जनप्रदर्शनको आयोजना गरेको छ । आजको जनप्रदर्शनका क्रममा सो समूहले पाँच स्थानबाट जुलुस निस्कने जनाएको छ ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, जमलबाट बिहान ११ बजे जुलुस निस्कने छ । ती जुलुसहरु सुन्धारामा पुग्नेछन् । सुन्धाराबाट भने १२ बजे जुलुस निस्कने जनाइएको छ । सुन्धाराबाट सुरु भएको जुलुसले वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमाग हुँदै सभास्थलमा प्रवेश गर्ने नेकपले जनाएको छ ।
पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपाको प्रचण्ड–माधव समूह आन्दोलित बनेको छ । प्रधानमन्त्रीको उक्त कदमलाई सो समूहले ‘प्रतिगमन’ भनेको छ ।
यसअघि पनि प्रचण्ड–माधव समूहले काठमाडौंमा आमसभाको आयोजना गरेको थियो । उता ओली समूहले पनि काठमाडौंमै जनसभाको आयोजना गरिसकेको छ ।


