STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २१, शनिबार

काठमाडौं - आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।

भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्ममती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा स्थानीय बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मिठोमसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

फाइल तस्बिर

Categorized in उपत्यका