STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २५, शुक्रबार

काठमाडौं- आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ। 

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने छ। दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न महिलावादी संघसंस्था र महिला अधिकारकर्मीहरूले मनाउँदैछन्।

Categorized in राष्ट्रिय