आदिबासी जनजाति साहित्यकार महासंघको नेवाः राज्य समिति गठन
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ४, बुधबार
आदिबासी मातृभाषामा कलम चलाइरहेका साहित्यकारहरुको छाता संगठनको रुपमा स्थापना भएको आदिबासी जनजाति साहित्यकार महासंघले आफ्नो नेवाः राज्य समिति शाक्य सुरेनको संयोजकत्वमा गठन गरेको छ ।
बुद्ध बार कुपण्डोल को सातोआकि भवनमा सम्पन्न घोषणा सभामा आदिबासी जनजाति साहित्यकार महासंघका केन्द्रिय तदर्थ समितीका संयोजक राजन मुकारुङ्ग प्रमुख अतिथी का रुपमा उपस्थित हुनु भएको सो सभामा उहाँ ले नै नेवाः राज्य समिति घोषणा गर्नु भएको हो ।
सो घोषणा सभामा नेवाः देय् का अध्यक्ष नरेश ताम्रकार , पूर्व सांसद जितबीर लामा , तामाङ घेडुङ्गका उपाध्यक्ष अजित तामाङ , आदिबासी जनजाति साहित्यकार महासंघ केन्द्रिय तदर्थ समितिका सदस्य रजनीमिला , साहित्यकार डा पुष्पराज राजकर्णिकार ,नेवाः न्ह्यलुवा
डा महेश मान श्रेष्ठ लगायतकाे उपस्थिति रहेको सो घोषणा सभामा घोषणा गरिएको नेवा राज्य समितिको तदर्थ समिति मा संयाेजक शाक्य सुरेन, सह संयाेजक सुधीर ख्वबि, सचिब नबिन प्रकाश श्रेष्ठ, कोषाध्यक्ष कबिन्दलाल श्रेष्ठ र सदस्यहरुमा राजुराम मुनकःमि, विमलप्रभा बज्राचार्य, दिव्या ताम्रकार,शिला सायमि,अर्जुन महर्जन र मीना बज्राचार्य लगायत ज्ञानीराजा मानन्धर लाई मनोनित गरिएको छ भने बुद्घिजिवी सदस्यका रुपमा डा पुष्पराज राजकर्णिकार र त्रिरत्न शाक्य लाई चयन गरिएको छ ।


