STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आफ्नै निर्णय उल्टाएर क्रसर उद्योग खोल्न दिने सरकारको नयाँ निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ११, बुधबार

काठमाडौं - सरकारले क्रसर उद्योगहरू खोल्ने निर्णय गरेको छ। महिना दिन बित्न नपाउँदै सरकारले आफ्नै निर्णय उल्टाएर क्रसर उद्योग खोल्ने निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय गरेको हो। 

गृह मन्त्रालयले गत २० पुसमा मापदण्ड विपरित खोलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो। क्रसर उद्योग बन्द हुँदा विकास निर्माणका काम ठप्प भएको गुनासो आउन थालेपछि सरकारले पुनर्विचार गर्दै केही समयलाई खोल्न दिने निर्णय गरेको जनाइएको छ।

Categorized in राजनीति