STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आमसभामा ३५ हजार पनि सहभागी भएनन्, ओली रक्षात्मक अवस्थामा : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २६, सोमबार

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् ।

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समूह समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा सुरु भएको छ’, प्रचण्डले भने । धेरै देखाउन यत्रतत्र राख्दा पनि धेरै मान्छे नभएपछि ओली समूह रक्षात्मक अवस्थामा पुगेको उनले बताए ।

‘केपी ओली रक्षात्मक हुनेतिर गइसके । उनीहरुको डिफेन्सिभ हुने वातावरण बनिसक्यो । अस्ति धाकधक्कु मात्रै धेरै लगाए’, प्रचण्डले भने । तर, माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने उनले बताए ।

संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको प्रचण्डले बताए । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्‌नाम गराउन खोजेको पनि उनले बताए ।

Categorized in राजनीति