STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ ।
 
आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा डा पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेल, डा निर्मल रावतलगायतका रहनुहुनेछ ।
  
सम्मेलनमा नेपाल राष्ट्र बंैकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतका व्यक्ति पनि प्रमुख वाचकको रुपमा रहनुहुने जनाइएको छ । सम्मेलनमा संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विभिन्न विषयमा ३४ कार्यपत्र प्रस्तुत हुनेछ ।
एकाउन्टेन्सी, फाइनान्स, मार्केटिङ, फाइनान्सियल मार्केट, लेवर रिलेशन, इन्टरनेशनल ट्रेड, इकोनोमिक ग्रोथ एण्ड डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एण्ड अपरेशन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिङ एण्ड इन्स्योरेन्स तथा अरु म्यानेजमेन्टसँँग सम्बन्धित विषयमा रहेर कार्यपत्र प्रस्तुत हुने कलेजले जनाएको छ । सम्मेलन संयोजक राजन फाँजूका अनुसार सम्मेलनमा १०० भन्दा बढीको सहभागिता रहनेछ ।
Categorized in राष्ट्रिय