STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आलेखः प्लाष्टिकको विकल्प निगालो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ८, आइतबार

आफैंले उत्सर्जन गरेको फोहरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको विषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयवासीले सरसफाइका लागि नयाँ विधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको विस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगमा करिमेलावासीले चासो देखाएका हुन् । करिमेलाका ८२ घरपरिवारले फोहर व्यवस्थापनका लागि प्रयोग गर्दैआएको फोहर फाल्ने भाँडाको रुप फेरिएको छ । बा¥ह बाख्रापालक किसानको खोरको प्रकृति फेरिएको छ भने २२ वटा कुखुराका खोर नयाँ प्रविधिबाट बनाइएका छन् । प्लाष्टिकका भाँडाको प्रयोगले स्वास्थ्य र वातावरणमा समेत गम्भीर असर पार्ने जानकारी पाएपछि उनीहरुले फोहर फाल्ने भाँडो तयार गर्न स्थानीय बाँस प्रजातिको निगालोको प्रयोग गरेका छन् । अहिले करिमेलाको गाउँलाई नमूना गाउँका रुपमा विकास गर्न ८२ घरमा प्लाष्टिकको भाँडाको विकल्पमा चोयाको भाँडा ‘डस्टबिन’ प्रयोगमा ल्याएको स्थानीय अगुवा धनबहादुर बिकले जानकारी दिए । करिमेलाका खेतबारीको छेउछाउदेखि जङ्गलमा पाइने निगालो प्रयोगमा ल्याएर नयाँ प्रयास थालिएको उनले बताए । “बाख्राले खाने घाँसबाहेक निगालो खेर गैरहेको थियो, यसैलाई प्रयोगमा ल्याउँ भन्ने लागेर डस्टबिन बनायौं,” बिकले भने – “उत्पादनका हिसाबले प्लाष्टिकको भाँडाभन्दा सस्तो र उपयुक्त छ ।” फोहर फाल्ने भाँडो भए पनि निगालोबाट बनाइएको भाँडो देख्नका लागि समेत सुन्दर हुने उनले बताए । करिमेलामा प्रयोगमा आएको यस्तो भाँडाको पछिल्लो समय ताराखोला बाहिरबाट समेत माग आउन थालेको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ अन्र्तगत करिमेलामा प्लाष्टिक विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम शुरु गरिएको हो । निगालोबाट फोहर फाल्ने भाँडो तयार गर्न जनएकता बहुद्देश्यीय सहकारी संस्थाले संयोजन गरेको थियो । कुल ८२ परिवारका एक÷एक जनाले मिलेर जङ्गलबाट ल्याएको निगालोलाई ६ जनाले चोया बनाउने काम गरिरहेका र अरु ६ जना सिकारु राखेर डस्टबिन तयार गर्न लगाइएको हा । प्रति डस्टबिन एक हजार रुपैयाँ खर्च भएको सहकारीका अध्यक्ष समेत रहेका बिकले बताए । फोहर सङ्कलन गर्ने डस्टबिन मात्रै होइन परम्परागत निगालोबाट बुनेका अन्य घरायसी प्रयोजनका सामग्रीको संरक्षण समेत सँगै थालिएको छ । घरायसी काममा प्रयोग हुने प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएकाले डालो, मान्द्रो ९चोयाबाटै बुनिएको एक सामग्री०, सेखु, डोका बुनेर स्थानीय बासिन्दालाई वितरण गरिएको छ । गाउँमा रहेका फूल रोप्ने प्लाष्टिकको गमला हटाएर स्थानीय सामग्रीकै प्रयोग गरिने समेत विकले बताए ।
Categorized in राष्ट्रिय