आश्रय रन्जित नेवाः आइडल घोषित
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ९, बुधबार
नेपालाभाषा गायन क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवाः आईडल दोस्रो संस्करण अन्तर्गत ठमेलको जिएए हलमा सम्पन्न अन्तिम् चरणको प्रतिस्पर्धामा आश्रय रञ्जित नेवाः आईडल घोषित भएका छन् । विजेता रंजितले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार र विविध गिफ्ट ह्याम्परहरु पनि प्रदान गरिएको छ । त्यस्तै फर्स्ट रनर अप हुने रत्न मान महर्जनले प्रमाण- पत्र संगै नगद पचास हजार र सेकेन्ड रनर अप हुने सुजित मान शाक्यले प्रमाण-पत्र संगै नगद पचीस हजार प्राप्त गरे । त्यस्तै चौथो र पाँचौं हुनेहरु हना डंगोल लगायतले १०/१० हजार प्राप्त गरेका थिए।
नेवाः आइडल टाईटल विजेता तथा उप- विजेताहरुको नाम घोषणा भने नेवाः आईडलका प्रमुख निर्णायक चर्चित गायक गोविन्द ह्युमत र सगीता शाक्यले गरेका थिए ।
कुल ७० जना प्रतिस्पर्धी मध्ये विभिन्न चरणबाट छनोट हुदै आएकाहरु टप फाइभ बीच अन्तिम् प्रतिस्पर्धा भएको थियो ।
फिजिकल तथा डिजिटल अडिसनमार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फिनालेमा प्रतिस्पर्धा भएको थियो। फिनालेमा सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सायमि, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका थिए ।
आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा रहेका थिए । प्रतियोगितालाई अन्जीता खड्गीले निर्देशन गरेकी थिए । आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता भएको जनाएको छ।
नेपाल भाषाको गीतसंगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल आयोजना गरिएको आयोजकको भनाइ रहेकोछ। साथै लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ।
नेवाः आइडल दोश्रो सिजनका विजेता आश्रय रन्जित लाई पहिलो सिजनका उपाधि विजेता मन्जिल शाक्यले ट्रोफी प्रदान गरेका थिए।
Categorized in साहित्य-कला

