इच्छुमती सफाइ सुरु
Janjati Khabar | २०८० आषाढ १५, शुक्रबार
काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती ९टुकुचा० नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो ।
सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चाररचार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती सफाइका लागि रू १० लाख बजेट विनियोजन गरिएको छ ।


