इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ः१७ बजे
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २१, शनिबार
केन्द्रीय मानन्धर सङ्घको नेतृत्वमा भक्तपुरको चित्तपोल सामुदायिक वनमा विधिपूर्वक उपयुक्त रुख छानी लिङ्गोका लागि काटिन्छ । यसका लागि नेपाली सेनाको पनि सहयोग लिने गरिएको गुठी संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।
इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ । त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्नुहुने परम्परा छ । त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ ।
भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने संस्थानले जनाएको छ । त्यसै दिन राति करीब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ । आगामी असोज १ गते बिहान ५ः३५ बजे लिङ्गो ढाल्ने इन्द्रध्वज पातन साइत दिइएको समितिले जनाएको छ ।
लिङ्गो ढालेपछि वसन्तपुरबाट तानेर टेकुदोभान लगी वाग्मतीमा सेलाइनेछ । यसरी असोज १ गते तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रजात्राका लागि संस्थानले मात्र रु ३० लाख खर्च गर्ने जनाएको छ । भक्तपुरबाट लिङ्गो किनेर ल्याउनेदेखिका काममा बजेटको आवश्यकता पर्छ । जात्रामा संलग्न हुनेलाई काठमाडौँ महानगरपालिकाले पनि बजेटको व्यवस्था गर्ने गरेको छ ।
Categorized in राष्ट्रिय


