इन्द्रायणी पार्कको मेयर शाक्यद्वारा शिलान्यास
Janjati Khabar – Janjati Khabar | २०७८ माघ २५, मंगलबार
माघ २५, काठमाडौं - काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् ।
कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलान्यास गरेका हुन् ।
२ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा बिगि्रँदै गएको उल्लेख गरे । निर्वाचित भएर आएदेखिसहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेको शाक्यले बताए ।


