उत्ताउलो जवानीपछि बबिताको "तिमी नै त हौ ” सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र २६, बुधबार
नेपालको म्युजिक भिडियो क्षेत्रकी चर्चित निर्देशक बबिता श्रेष्ठ मलेकु को निर्देशनमा तयार भएको अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ ।
काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा के.सी.को स्वर रहेको सो गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।
https://youtu.be/Nqz13ipA09E?si=8mqQjCV5fJ4YOVzP
Categorized in साहित्य-कला

