STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका नदीहरूमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २१, सोमबार

बिहानैदेखि लगातार पानी परेपछि देशका विभिन्न नदीहरूमा जल सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

नदीहरूमा जल सतह बढेका कारण बस्तीमा बाढी पस्ने खतरा पैदा भएकोले नदी तटीय र जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन बाढीविज्ञले आग्रह गरेका छन् । 

काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी जलाधारहरूमा पछिल्लो ६ घण्टादेखि वर्षा भएको छ । 

उपत्यका भई बहने साना नदीहरुमा पनि जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनार सम्म आउन सक्ने भएकोले किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बागमती नदीको खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरुलाई आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

यस्तै बाँकेको धकेरी लगायत आसपासका क्षेत्रमा पनि पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेकाेले सो क्षेत्र भएर बहने साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाे छ । 

नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

यता चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पनि पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

Categorized in उपत्यका